?️ वित्तीय पारदर्शिताका लागि आफ्नो सम्पूर्ण व्यवसायिक कारोबारहरू बैंकिङ च्यानलबाट गरेको राम्रो हो । आयकर ऐन बमोजिम मासिक रु २५ हजार भन्दा बढी तलब खाने कर्मचारीहरूको हकमा बैंक खातामा तलब जम्मा गर्नुपर्दछ, त्यसो नगरेमा सो खर्च आयकर प्रयोजनका लागि कट्टी गर्न पाइँदैन । मासिक रु २५ हजार भन्दा कम तलब खाने कर्मचारीका हकमा भने नगद भुक्तानी गरेको तलब पनि खर्च कट्टी गर्न पाइन्छ । स्थायी लेखा नम्बर भने जतिसुकै तलब खाने कर्मचारीको पनि अनिवार्य चाहिन्छ ।