? मूल्य अभिवृद्धि कर ऐनमा Bad Debt को व्यवस्था नै नभएकाले भ्याट रकम अलग्गै त कट्टी गर्न पाइँदैन, तर ऋणीको आर्थिक अवस्था, असुलीका लागि चालिएको कदम, जस्तै प्रहरी कारबाही, अवस्था हेरी अदालती कारबाही आदिबाट असुलीको लागि प्रयास गरेको हुनुपर्दछ, तत्पश्चात् समेत असुली हुन नसकेको खण्डमा मात्र यस्तो असुली गर्न बाँकी भ्याट सहितको जम्मा रकम आयकर प्रयोजनका लागि कट्टी गर्न पाइन्छ ।